कपनमा भएको आगलागीमा परी तीनको मृत्यु
काठमाडौं, ५ असोज । काठमाडौंको कपनमा बुधबार साँझ भएको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । कपनस्थित एक ट्रेकिङ अफिसमा आगलागी भएको थियो ।
करिब पौने ७ बजेतिर भएको आगलागीमा परी अन्य केही घाइते पनि भएका छन् । उनीहरुलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । मृतकको पहिचान भने खुलेको छैन ।
आगलागीपछि अक्सिजन सिलिन्डरहरु पनि पड्किएका थिए । स्थानीयले पनि आगो लागेको ठाउँमा ठुलो विस्फोटको आवाज आएको बताएका थिए ।
काठमाडौं, ललितपुर र भक्तपुरको दमकलमार्फत आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ ।