भारत र अस्ट्रेलियाबीचको टी-२०आई श्रृंखला आजदेखि

काठमाडौं, ४ असोज । टी-२० विश्‍वकप अघिको तयारी स्वरुप रहेको भारत र अस्ट्रेलियाबीचको टी-२०आई श्रृंखला आजदेखि सुरु हुँदै छ । विश्‍व च्याम्पियन अस्ट्रेलियाको क्रिकेट टोली भारत भ्रमणमा रहेको हो ।

तीन खेलको श्रृंखलाअन्तर्गतको पहिलो खेल आज मङ्गलबार साँझ हुँदै छ । खेल मोहालीस्थित आइएस बिन्द्रा स्टेडियममा साँझ सवा ७ बजेपछि हुने छ ।

भारतको कप्तानी रोहित शर्माले गर्ने छन् भने अस्ट्रेलियाको कप्तान आरोन फिन्च रहेका छन् ।

अस्ट्रेलियाले अघिल्लो वर्ष भएको टी-२० विश्‍वकपको उपाधि जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय