राजकीय सम्मानका साथ महारानी एलिजाबेथको अन्त्येष्टि (तस्वीरहरु)
एजेन्सी, ४ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्तिम संस्कार गरिएको छ । विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्याइएको महारानीको शवपेटिकालाई अन्तिम बिदाइ स्वरूप ‘कमिटल सर्भिस’ आयोजना गरिएको थियो ।
त्यसपछि उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरिएको थियो । त्यसअघि विन्ड्सरमा शवयात्राका क्रममा हजारौँ मानिसको भिड देखिएको थियो । सोमबारै ब्रिटेनको राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको थियो ।
त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनसहित अधिकांश मुलुकका राष्ट्रप्रमुख सहित अतिविशिष्ट पाहुनाको उपस्थिति रहेको थियो ।
राजा चार्ल्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु:
सबै तस्वीरहरु: एजेन्सी