शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन् ?

प्रतिक भट्ट

काठमाडौं, ४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबै राजनीतिक दलका शीर्ष नेताहरू को कहाँबाट चुनावी मैदानमा उत्रँदै छ्न् त ?

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्द बाहेक अरु सबै पुर्ब प्रधानमन्त्री यसपटक पनि प्रत्यक्ष चुनाव लड्दै छन् । चन्दले आफू निर्वाचनमा नलड्ने बताइसकेका छन ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा बाट चुनाव लड्दैछन । उनी २०४८ सालदेखि सोही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । काठमाडौं क्षेत्र नम्बर-४ बुढानिलकण्ठ घर भएका देउवा चुनावमा भने डडेल्धुरा नै रोज्दै आएका छन् ।

यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट चुनाव लड्दै छन् । भक्तपुरको बालकोट घर भएका ओलीले झापालाइ चुनावी क्षेत्र बनाएर निर्वाचन गतिविधि सुरु गरिसकेका छन् । २०७४ मा पनि उनी झापा-५ बाटै निर्वाचित हुन् ।

यता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चितवन-३ बाट चुनाव लड्दै छन् । २०७४ सालमा पनि उनी यहि क्षेत्रबाट निर्वाचित हुन् । तर, उनी ललितपुरको खुमलटार बस्छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट बाट चुनाव लड्दै छन् । काठमाडौ कोटेश्वर घर भएका नेपालले यसअघि २०७४ सालमा काठमाडौं-२ बाट चुनाव जितेका थिए । त्यस्तै सोही पार्टीका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम बाट चुनाव लड्दै छन् । काठमाडौ डल्लु घर भएका उनी लगातार इलामबाट नै चुनाव लड्दै आएका छन् ।

यता नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्दैछन । काठमाडौं टोखा घर भएका भट्टराईले २०६४ देखि गोरखाबाट नै चुनाव जित्दै आएका छन् ।

त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी बाट चुनाव लड्दै छन् । उनले २०७४ को चुनाव पनि सप्तरी बाट नै जितेका हुन् । त्यस्तै लोसपा अध्यक्ष महन्त ठाकुर महोत्तरीबाट चुनाव लड्दै छन् भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाट निर्वाचन लड्दैछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय