राजनीतिमा कुलमान ! कुन क्षेत्रमा उठ्दै छन् ?
काठमाडौं, २ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राजनीतिमा आउने भएका छन् । स्रोतका अनुसार उनले यही साता प्राधिकरण छाड्ने छन् ।
रामेछाप स्थायी घर भएका कुलमान हाल काठमाडौ-६ बौद्ध महाङ्काल बस्छन् । उनले राजनीतिमा आउँदा कुन पार्टीको चुनाब चिन्ह लिएर प्रतिस्पर्धा गर्छन् भन्ने धेरैको प्रश्न छ । केही समय अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चर्चित व्यक्तिलाइ काठमाडौंमा उम्मेदवार बनाउने भनेर दिएको अभिव्यक्ति कुलमानको राजनीतिमा प्रवेश गर्ने कुरासँग मेल खानु संयोग वास्तविकता भन्ने केही दिनमा थाहा हुनेछ ।
यद्यपि कुलमानले भने माओवादीको चुनाव चिन्हबाट उम्मेदवार बन्ने कुरामा कुनै प्रतिक्रिया जनाएका छैनन् । कुलमान निकट स्रोतका अनुसार उनी कुनैपनि राजनीतिक दलको चुनाव चिन्ह प्रयोग नगरी स्वतन्त्र उम्मेदवारी दिने र त्यसमा गठबन्धनका दलले समर्थन गर्ने गरी छलफल चलिरहेको छ ।
कुलमान राजनीतिमा प्रवेश गरेर प्रतिनिधिसभा निर्वाचनमा उठ्ने कुरा करिबकरिब पक्का भएपनि क्षेत्र र पार्टीबारे निश्चित हुन बाँकी रहेको स्रोतको भनाइ छ । उनलाई माओवादी केन्द्रले काठमाडौं-३ बाट गठबन्धनको साझा उम्मेदवार बनाउने गरी गृहकार्य थालेको छ ।
रामेछाप वा काठमाडौं-३ मध्ये एउटा क्षेत्र मा कुलमान गठबन्धनको साझा उम्मेदवार हुने कुरा करिब-करिब ढुक्क भैसकेको माओवादी केन्द्रका एक नेताले बताए ।
‘एक-दुई दिनमै पिक्चर क्लियर हुन्छ’, उनले परेवान्युजलाई भने- ‘पार्टीको उम्मेदवार मात्रै होइन कुलमानजीलाई सबैको साझा उम्मेदवार बनाउने गरी छलफल भइरहेको छ, उहाँ (कुलमानजी) पनि यसमा सकारात्मक देखिनुहुन्छ’ ।