माधव नेपालले यी क्षेत्र नछाड्ने (हेर्नुस् सुची)

काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ को निर्वाचन जितेर प्रतिनिधिसभामा पुगेका आफ्ना नेताले सोही क्षेत्र नपाए गठबन्धन नै नहुने अडान राखेका छन् ।

अध्यक्ष नेपालले गठबन्धनमा काँग्रेसले आवश्यकता र क्षमताभन्दा बढी लिन खोजेको र माओवादीले पनि एकीकृत समाजवादीलाई साइजमा राख्‍न खोजेको कारण कुरा मिल्न नसकेको समेत बताएका छन् । उनले आफ्नो निकटहरुसँग गोप्य छलफल गरी गठबन्धनको अवस्था र पार्टीको अडानबारे बोलेका हुन् ।

एकीकृत समाजवादीले हाल भएका क्षेत्रबाहेक एमाले पार्टीले जितेका केही क्षेत्र समेत आफ्नो हुनुपर्ने अडान राखेको छ । तर, काँग्रेस र माओवादीले भने समाजवादीलाई बढीमा १६ सिट छाड्न तयार छन् तर समाजवादीको माग ३० सिटको रहेको छ ।

गठबन्धनभित्र सम्मानजनक सिट संख्या नपाए एक्लै चुनाव लड्ने घुर्की पनि सो पार्टीले देखाएको छ । सुरुमा सत्ता गठबन्धन नभए एमालेसँग पनि मिलेर जान सकिने अभिव्यक्ति दिएका समाजवादीका नेताहरू अब भने एमालेसँग नमिल्ने बरु एक्लै लड्ने मनस्थितिमा छन् ।

पछिल्लो समय समाजवादीले अडान लिएका क्षेत्रहरुमा काठमाडौंको क्षेत्र नम्बर २ हो । यो क्षेत्र पार्टी अध्यक्ष माधवकुमार नेपालले जितेको क्षेत्र हो । यद्यपि नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने छन् ।

हेर्नुहोस नेकपा एसले दाबी गरेको क्षेत्रको सूची:

काठमाडौं क्षेत्र नम्बर २

काठमाडौं क्षेत्र नम्बर ८

इलाम क्षेत्र नम्बर १

तनहुँ क्षेत्र नम्बर १

ललितपुर क्षेत्र नम्बर २

डोटी क्षेत्र नम्बर १

दाङ क्षेत्र नम्बर १

मकवानपुर क्षेत्र नम्बर २

तेह्रथुम क्षेत्र नम्बर १

धादिङ क्षेत्र नम्बर १

काभ्रे क्षेत्र नम्बर १

गुल्मी क्षेत्र नम्बर २

कास्की क्षेत्र नम्बर २

सुनसरी क्षेत्र नम्बर २

मुगु क्षेत्र नम्बर १

दाङ क्षेत्र नम्बर ३

डोल्पा क्षेत्र नम्बर १

पाल्पा क्षेत्र नम्बर २

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय