चितवन गोल्डकप: आर्मी र एभिनुरबीचको सेमिफाइनल स्थगित

चितवन, १ असोज । चितवनको भरतपुरमा जारी चितवन गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल स्थगित भएको छ । शनिबारका लागि तय नेपाल आर्मी क्लब र एभिनुर एफसी क्यामरुनबीचको खेल आज हुन नसक्ने आयोजकले जनाएका हुन् ।

लगातारको वर्षापछि मैदान हिलाम्य भएका कारण आज खेल खेलाउन नसकिएको हो । यस गोल्डकपका तेस्रो दिनदेखिका खेलहरु वर्षामै खेलाइराखिएको भएपनि आज भने दिनभर वर्षा भएर मैदानको अवस्था झनै खराब भएकाले खेल गर्न नसकेको बताइएको छ ।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफ क्लबले मनाङ एफसीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले सात लाख रुपैयाँ नगद प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख ५० हजार पाउने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय