मनाङलाई हराउँदै एपिएफ चितवन गोल्डकपको फाइनलमा

चितवन, ३१ भदौ । विभागिय टोली एपिएफ क्लब चितवनको भरतपुरमा जारी चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा मनाङ एफसीलाई १-० गोलअन्तरले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

एपिएफको जीतमा हरि कार्कीले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । दोस्रो हाफ सुरु भएको केही समयमा नै क्‍विक थ्रो बाट आएको बललाई हरिले बाँया खुट्टाले पोस्टको दिशा दिँदा एपिएफले अग्रता लियो ।

त्यसपछि थप गोल भएनन् र एपिएफले फाइनलको यात्रा तय गर्‍यो । खेलको अन्त्यतिर मनाङका पुजन उपरकोटीले रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा समेटिएको थियो ।

रेफ्री श्याम दनुवारले खेल सकिएको सिट्ठी फुक्नेबित्तिकै मनाङका अफिसियल मैदानमा प्रवेश गरेर रेफ्रीमाथि आक्रोशित बनेका थिए । दर्शक पनि मैदानमा प्रवेश गरेर रिस पोखिरहेका थिए ।

एपिएफले अब उपाधिका लागि नेपाल आर्मी र एभिनुर एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । शनिबार दिउँसो दोस्रो सेमिफाइनलमा एभिनुर एफसी क्यामरुन र नेपाल आर्मी क्लब भिड्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...