भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनलमा परेवान्युज | भाद्र ३१ गते, २०७९ - १९ः२७ मा प्रकाशित तस्वीरः गोलनेपाल काठमाडौं, ३१ भदौ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले भारतलाई १-० ले हरायो । नेपालको जीतमा रश्मी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । ऐतिहासिक जीतclose नेपाल र भारतclose फाइनलclose महिला साफ च्याम्पियन्सिप फुटबलclose Comments