भुटानमाथि गोलको वर्षा गर्दै बङ्गलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं, ३१ भदौ । बङ्गलादेशको महिला फुटबल टोली महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को विशाल अन्तरले हराउँदै ट्रफीको एक कदम नजिक पुगेको हो ।

एकपक्षिय बनेको खेलको दुवै हाफमा बङ्गलादेशले ४-४ गोल गर्‍यो । फराकिलो जीतमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् भने मोसमत जाहान सोपना, श्रिमोति कृष्णरानी सरकार, रितु पोर्ना, मासुरा पर्विन र तोहुरा खातुनले १-१ गोल गरे ।

बङ्गलादेश महिला साफको फाइनलमा प्रवेश गरेको यो दोस्रोपटक हो । यसअघि सन् २०१६ मा पनि बङ्गलादेश फाइनलमा पुगेको थियो तर भारतसँग पराजित हुदै उपविजेतामै सीमित बनेको थियो ।

दोस्रो सेमिफाइनलमा आजै बेलुका नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय