बालेनलाई रुखो बोल्न कसले सिकायो ?
काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई तुच्छ र असभ्य भाषामा जवाफ फर्काएका छन् ।
पूर्वप्रधानमन्त्री डा.भट्टराईले आफ्नो ट्वीटरमा काठमाडौं महानगरको कामको प्रसंशा गर्दै अव्यवस्थित फुटपाथबाट हटाइएकालाई चाहिँ व्यवस्थापन गर्न अनुरोध गरेको कुरालाई मेयर बालेनले जवाफ दिदै यस्तो तुच्छ बोलेका हुन् ।
पूर्व प्रधानमन्त्री डा.भट्टराईले फुटपाथवालाको व्यवस्थापन समय वा ठाउँ तोकेर गर्नुपर्ने सुझाव पनि दिएका थिए । त्यसको जवाफमा बालेनले ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्नुपर्ने’ भन्ने ठाडो जवाफ फर्काएका छन् ।
यसले बालेनलाई आलोचना गर्नेहरू पनि बढाएको छ । केही टिप्पणीकर्ताले बालेनको बौद्धिकता र उनको पदको घमण्ड चढेको टिप्पणी गरेका छन् ।