साफ महिला च्याम्पियन्सिप: फाइनल प्रवेशका लागि नेपाल र भारत खेल्दै

काठमाडौं, ३१ भदौ । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ ।

नेपाल समूह ए को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने भारत समूह बी को उपविजेता हुँदै सेमिफाइनल पुगेको हो । यसअघिका सबै संस्करणमा नेपालले एकपटक सेमिफाइनल र चारपटक फाइनलमा सधैं भारतसँग नै पराजित रहँदै आएको छ ।

भारतले भने प्रतियोगिताका सबै संस्करण जितेको छ । सधैंजसो यसपटक पनि नेपालको असली परीक्षा भारतसँग नै हुनेछ किनभने यस प्रतियोगितामा नेपालले जतिसुकै खेल जितेपनि अन्त्यमा भारत नै बाधक बन्‍ने गरेको छ ।

नेपाललाई यसपटक घरेलु मैदान र समर्थकको साथ पनि रहेको छ । त्यसकारण भारतको चूनौति पार गर्दै पहिलोपटक उपाधि जित्‍ने दाउमा नेपाल हुने छ ।

सेमिफाइनल खेल साँझ ५ बजेपछि दशरथ रङ्गशालामा सुरु हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय