प्रचण्डले मेरो अङ्गालो बिर्सेर छुरी रोपे: ओली
काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा बनाउदा आफुले अङ्गालो हालेको तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुरी रोपेको आरोप लगाएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डकै निर्वाचन क्षेत्रका प्रभावशाली नेतालाइ पार्टी प्रवेश गराउदै ओलीले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले बिहिबार माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवनका सह-इन्चार्ज यमबहादुर परियारलाई पार्टी प्रवेश गराएका थिए । परियार प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ कै नेता हुन् । उनिसँगै चितवनका केही सहिद परिवार र प्रभावशाली स्थानीय नेतृत्व एमाले प्रवेश गरेका छन् ।
सो कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग पनि सुनाए । उनले माओवादी र प्रचण्डको बिरोध गरिरहदा प्रचण्डका सहकर्मी एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल सँगै मञ्चमा थिए ।
‘प्रचण्डलाई विश्वास गरेरै आउनुस् भनेर अङ्गालो मारेको थिएँ’, उनले भने- ‘वामपन्थी पार्टी बनाऊँ र समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर सँगै लिएर हिँड्न खोजें, प्रचण्डले मौका कुरेर बसेका रहेछन् ग्वाम्म छुरी रोपेर गए’ ।