कस्तो रहला बिहिबार दिनभरको मौसम ?
काठमाडौं, २९ भदौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ ।