माडीमा बाघको आक्रमणबाट एकको ज्यान गयो

रासस

चितवन, २६ भदौ । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैंसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको थियो ।

शनिबारदेखि हराएका अधिकारी आइतबार बिहान ८ः३० बजे मृत भेटिएका हुन्। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय