काठमाडौं-३(क) मा छिरिङ दोर्जे सिफारिस

काठमाडौं, २४ भदौ । नेपाली काँग्रेस बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर-३(क) बाट प्रत्यक्ष तर्फ छिरिङ दोर्जे लामा सिफारिस भएका छन् । उनी अहिले पनि सोही क्षेत्रको निर्वाचित सांसद हुन् ।

२०५५ सालमा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट त्रिचन्द्र कलेज स्ववियु सदस्य भएपछि राजनीतिमा अगाडी आएका छिरिङ हाल प्रदेश सांसदसँगै नेपाली काँग्रेस बागमती प्रदेश सदस्य समेत हुन् ।

बौद्ध र हिन्दु परिवारबिचको अन्तरजातीय विवाह गरेर धार्मिक एकतामा समेत उदाहरण बनेका छिरिङ काठमाडौ बौद्धका स्थायी बासिन्दा हुन् । यो क्षेत्रमा उनी असल र समाजलाई बुझेको राजनीतिक व्यक्तित्वको रुपमा पनि चिनिन्छन् ।

आफ्नो क्षेत्रको विकास एवं सामाजिक कार्यमा कहिल्यै कन्जुस्याइँ नगरेका छिरिङले प्रदेश सरकारको तर्फबाट बनेको कानुन निर्माणमा पनि सक्रिय सहभागिता जनाएका थिए ।

उनले व्यक्तिगत स्वार्थ र चाहनाभन्दा पनि यो कार्यकालमा सुरु भएका केही गर्नुपर्ने काम अधुरो रहेकोले जनतासँग जोडिएर अझै केही काम सम्पन्‍न गर्न उम्मेदवार बनेको बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय