बेलायतकी महारानी एलिजाबेथको निधन

एजेन्सी, २४ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । एलिजाबेथको बिहिबार ९६ वर्षको उमेरमा निधन भएको हो ।
स्कटल्यान्डस्थित बालमोरल क्यासलमा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ ।
बिहीबार नै बकिङ्हम प्यालेसले एक वक्तव्य जारी गर्दै एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो ।
सन् १९५२ मा महारानी बनेकी एलिजाबेथले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।
अब उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्ने छन् । रानी एलेजाबेथका चार्ल्ससहित चार सन्तान रहेका छन् ।

