राजन पोख्रेल समानुपातिकमा सिफारिस

काठमाडौं, २२ भदौ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर-३(क) बाट राजनकुमार पोख्रेल बागमती प्रदेशसभा सदस्यको लागि समानुपातिकमा सिफारिस भएका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्ध निवासी पोख्रेल नेपाली काँग्रेसभित्र असल, भद्र, इमान्दार र कर्मयोगी राजनितीज्ञ एवं समाजसेवी र व्यावसायीको रुपमा चिनिन्छन् । उनलाई भदौ १५ गते पार्टीको बागमती प्रदेश काठमाडौ-३(क)को कार्य समिति बैठकले समानुपातिक सुचिको लागि क्षेत्रमा सिफारिस गरेको थियो ।

उनको नाम पार्टीले माथिल्लो तहमा सिफारिस गरिसकेको छ । समाजसेवा, उत्पादनमुखी व्यवसाय र बैङ्किङ क्षेत्रमा समेत संलग्न पोख्रेल स्थानीय तहदेखी प्रदेस र संघमा समेत पहुँच भएका र निमुखाको पक्षमा बोलीदिन सक्ने क्षमता भएका राजनीतिकर्मी हुन् ।

नेपाली काँग्रेसनिकट नेपाल ट्रेड युनियन काँग्रेसको संगठन विभागको केन्द्रीय उप-प्रमुख रहेका पोखरेल हाल नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि पनि हुन् । उनको नाम सिफारिस भएसँगै उनलाई सही व्यक्ति सही ठाउँमा सिफारिस भएको भनेर सहकर्मी र साथीहरूले सकारात्मक टिप्पणी गरेका छन् ।

नेपाली काङ्ग्रेसको राजनीतिमा कुनै पदको अपेक्षा नराखी निःस्वार्थ काम गर्दै आएको कारण यसपटक भने पार्टीले न्याय गर्ने अपेक्षा उनको रहेको छ । ‘यो सिफारिससँगै पार्टीले सहि मुल्यांकन गर्नेमा आशावादी छु’, उनले भने- ‘यदि मैले अवसर पाएमा जनताको सेवा गर्ने ठाउँमा पुगेर जनताको माझमा काँग्रेसलाई अझै सशक्त बनाउने छु’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय