समानुपतिक यात्रामा अघि बढ्दै नवीन बज्र

काठमाडौं, २२ भदौ । नेपाली काँग्रेसले काठमाडौं-६ बौद्ध निवासी नवीन बज्र लामालाइ प्रदेशको समानुपातिक सुचिको लागि सिफारिस गरेको छ । यो सिफारिससँगै नवीन बज्रको समानुपातिक सांसद बन्ने यात्रा अगाडि बढेको छ ।

आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर-३ (क) बाट उनी समानुपातिकमा सिफारिस भएको नेपाली काँग्रेस बागमती प्रदेश काठमाडौ क्षेत्र नम्बर-३ (क)ले जनाएको छ ।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर-३ का क्षेत्रीय सदस्य समेत रहेका लामा नेपाल आदिवासी जनजाति संघ, बौद्ध इकाइका अध्यक्ष पनि हुन् । शिक्षा क्षेत्रमा लामो अनुभव भएका नवीनबज्र लामा विभिन्न सामाजिक र धार्मिक संस्थासँग पनि आबद्ध छन् ।

नेपालको विकासमा शिक्षा, स्वास्थ र पर्यटनलाई मुख्य आधार बनाउन सकिने धारणा राख्‍ने नवीनले अध्ययनको लागि विदेश बस्दा पर्यटनले कसरी देशको आर्थिक समृद्धि र विकासमा सघाउ पुग्छ भन्ने कुरा राम्रोसँग बुझेका छन् ।

‘पर्यटकीय क्षेत्रमा लगानी बढाउने र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउने योजना मसँग छ’, उनले भने- ‘सिफारिस गरेर न्याय गरिसकेपछि पार्टीले मलाई संसदमा पुग्ने अवसर पक्कै दिनेछ । यदि यो अवसर पाएमा पर्यटनको विकास र त्यसबाट देशलाई समृद्ध बनाउन म लाग्ने छु’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय