पल शाहलाई साढे दुई वर्ष कैद सजायको फैसला
नवलपुर, २१ भदौ । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ ।
यद्यपि बाल यौन दुरुपयोगको मुद्दामा भने उनलाई साढे २ वर्ष कैद तथा २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराइएको छ ।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।