काठमाडौं-३(क) बाट नानु दाहाल समानुपातिकमा सिफारिस

काठमाडौं, २१ भदौ । नेपाली काँग्रेसकी युवा नेतृ नानु दाहाल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वचानमा उम्मेदवार भएकी छन् । उनको नाम काठमाडौं क्षेत्र नम्बर-३(क) बाट समानुपातिक उम्मेदवारको सूचीमा सिफारिस भएको छ ।

नेपाली काँग्रेस बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश समिति (क) को कार्यसमिति बैठकले दाहाललाई समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो । उनको सिफारिसलाई क्षेत्र र जिल्लाले समेत अनुमोदन गरि माथिल्लो निकायमा सिफारिस गरिसकेको छ । उनी नेपाली काँग्रेस बागमती प्रदेस समिति सदस्य तथा पार्टीको युवा नेतृ हुन् ।

हाल काठमाडौ-६ महाङ्काल बस्ने दाहालले ओखलढुंगा रामपुरमा जन्मेर काठमाडौ पद्मकन्या क्याम्पसबाट अध्ययन पुरा गरेकी हुन् । युवा नेतृ दाहाल व्यवसाय, समाजसेवा र राजनीतिमा अब्बल मानिन्छिन् । नेपाली काँग्रेसको सिद्धान्त र विचारप्रति निष्ठावान् तथा लोकतन्त्रमा प्रतिबद्ध, सरल र असल स्वभावकी युवा नेतृ दाहाल पार्टी नेतृत्वबाट दिइएको जिम्मेवारी पूरा गर्न जस्तोसुकै चुनौतीको सामना गर्न तयार हुन्छिन् ।

उनले गएको स्थानीय निर्वाचनमा पार्टी प्रतिनिधिको रुपमा भक्तपुरको सुर्यविनायक नगरपालिका पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकी छिन् भने हाल उनलाई बागमती प्रदेश समितिले प्रतिनिधिको रुपमा नुवाकोट खटाएको छ ।

मंसिरमा हुने निर्वाचनमा आफू सहित नेपाली काँग्रेसका उम्मेदवार जिताउन र पार्टीलाई जनता माझ लोकप्रिय बनाउन आफू जुनसुकै चुनौती झेलेर भुमिका निर्वाह गर्न सक्ने उनले बताइन् ।

‘म लोकतन्त्र र नेपाली काँग्रेसको चारतारे झन्डाप्रति पुर्ण प्रतिबद्ध रही काङ्ग्रेस जिताउने अभियानमा छु’, उनले परेवान्युजसँग भनिन्- ‘पार्टीको जुनसुकै तहमा रहेर पनि काम गर्न सक्छु भन्ने कुरा नेतृत्व र सिङ्गो पार्टीलाई जानकारी भइसकेको छ, त्यसैले यसपटक पार्टीको साथ अनि समर्थनमा जनताको उम्मेदवार बन्ने कुरामा आशावादी छु’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय