यति एयरलायन्सले नयाँ विमान थप्यो

काठमाडौं, २० भदौ । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले नयाँ विमान थप गरेको छ । सेवा विस्तार गर्ने क्रममा यतिले एटीआर ७२-५०० विमान थप गरेको हो ।

यतिको छैटौं विमानका रुपमा उक्त नयाँ विमान सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याइएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • बर्खा छल्न लेक उक्लिँदै गोठाला

    ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी...