यति एयरलायन्सले नयाँ विमान थप्यो
काठमाडौं, २० भदौ । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले नयाँ विमान थप गरेको छ । सेवा विस्तार गर्ने क्रममा यतिले एटीआर ७२-५०० विमान थप गरेको हो ।
यतिको छैटौं विमानका रुपमा उक्त नयाँ विमान सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।
७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याइएको हो ।