एसिया कप: भारतमाथि पाकिस्तानको रोमाञ्‍चक जीत

काठमाडौं, २० भदौ । युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत ‘सुपर फोर’को आफ्नो पहिलो खेलमा पाकिस्तानले रोमाञ्‍चक जीत निकालेको छ । गएराति भएको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकी छँदा पाँच विकेटको क्षतिमा भेट्टायो । मोहम्मद रिजवानले ७१ रन बनाउँदा मोहम्मद नवाजले ४२ रन बनाए ।

भारतका भुवनेश्‍वर कुमार, अर्शदीप सिंह, रवि विश्‍नोइ, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । विराट कोहलीले ६० रन बनाएका थिए भने कप्तान रोहित शर्मा र केएल राहुलले समान २८ रन बनाए ।

पाकिस्तानका शादाब खानले २ विकेट लिँदा नसीम साह, मोहम्मद हस्‍नैन, हारिस राउफ र मोहम्मद नवाजले १-१ विकेट लिए ।

जीतसँगै सुपर फोरको तालिकामा २ अंकसहित पाकिस्तान दोस्रो स्थानमा रहेको छ । सुपर फोरका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय