सोमबार यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, २० भदौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ ।
अहिले प्रदेश १, मधेश प्रदेश, बागमाती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भैरहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।