राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्यको पदबाट राजीनामाको घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले उक्त घोषणा गरेका हुन् ।

चुनाव घोषणापछि पनि संसद चलाइराख्नु उपयुक्त नहुने आफ्नो दलको धारणा रहेको उनले बताए ।

लिङ्देनले भने, ‘अबबाट म यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलबभत्ता तथा सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखेर दिन पनि तयार छु ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय