म्यान्चेस्टरलाई हराउँदै ट्रेन्टले जित्यो ‘द हन्ड्रेड’को उपाधि

काठमाडौं, १९ भदौ । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ट्रेन्ट रकेट्सले जितेको छ । गएराति भएको फाइनल खेलमा ट्रेन्टले म्यान्चेस्टर ओरिजिनल्सलाई २ विकेटले हराएको हो ।

म्यान्चेस्टरले दिएको १२१ रनको लक्ष्य ट्रेन्टले ९८ बलमा ८ विकेटको क्षतिमा भेट्टायो । डेविड मलानले १९ रन बनाउँदा टम कोहलर केडमरले १८ तथा लेविस ग्रेगरी १७ रनमा अविजित रहे ।

म्यान्चेस्टरका जोसुवा लिटिल, पल वाल्टर, टम हार्टली र म्याथिउ पार्किन्सनले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको म्यान्चेस्टरले निर्धारित १०० बलमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । एस्टन टर्नरले सर्वाधिक २६ रन बनाउँदा टम लेमनबीले २१ रन बनाए ।

ट्रेन्टका साम कुकले ४ विकेट लिँदा समित पटेलले ३ लुक वुड र डानियल साम्सले १-१ विकेट लिए ।

पहिलो संस्करणको उपाधि भने साउथर्न ब्रेभले जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय