मेरो निर्वाचन क्षेत्र चितवन-३ हो: प्रचण्ड

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन–३ बाट नै उठ्ने बताएका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रबारे कसैलाई भ्रम नहोस् भन्दै चितवन बाहेक अन्त नजाने स्पष्ट पारेका हुन् ।

शुक्रबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले यसअघि नै चितवन–३ बाट उठ्ने भनेर घोषणा गरिसकेकोले त्यसबाट दायाँ बायाँ नहुने बताए ।

‘अरुको हल्ला सुन्ने कि मेरो धारणा बुझ्ने ?’, प्रचण्डले प्रश्न गरे । उनले एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि चुनाव लड्ने कुरामा आफुलाइ बादलसँग तुलना नगर्न अनुरोध गरे ।

बादल कहाँ लड्छन त्यो आफ्नो सरोकार र चासो नभएको भन्दै आफू चितवन-३ बाट गठबन्धनको साझा उम्मेदवार भएको प्रचण्डले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय