डाइभर्सन बगाएपछि फेरि अवरुद्ध बन्यो सिद्धार्थ राजमार्ग

पाल्पा, १७ भदौ । सडक भासिएपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सुचारु गर्न बनाइएको डाइभर्सन पनि पहिरोले बगाएपछि राजमार्ग ठप्प भएको छ ।

राजमार्गको पाल्पा बुटवल सडकअन्तर्गत हिउँदेखोलामा बिहिबार दिउँसो सडक भासिएपछि बनाइएको डाइभर्सनमा पनि राति करिब १० बजेतिर पहिरो खसेको हो ।

डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको हो । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

निरन्तर वर्षा भइरहेकाले रोकिएपछि मात्रै सवारी साधन सञ्‍चालन गर्ने गरी काम गरिने बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय