भागबण्डामा दलहरु सहमति नजिक, गठबन्धन जोगाउन काँग्रेस लचिलो !

काठमाडौं, १६ भदौ । सत्तारुढ दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँडको भागबन्डा झन्डै-झन्डै मिलाएका छन् ।

स्रोतका अनुसार यदि कुनै चमत्कार नभए अब सत्ता गठबन्धनमा रहेका दलमध्ये काँग्रेस लचिलो भएको कारण सिट बाँडफाँड अन्तिम चरणमा पुगेको हो । काँग्रेसले ८६ सिट मात्रै लिएर बाँडफाँडमा सहमति गर्ने स्रोतको दाबी छ ।

यसअघि काँग्रेस १०० सिटभन्दा तल नझर्ने अवस्थामा थियो । काँग्रेसको डा.शेखर कोइराला पक्षले यो अडान लिएको थियो । यसको नेतृत्व महामन्त्री गगन थापाले गरेका थिए तर माओवादी र एकीकृत समाजवादीले गठबन्धन टुटाएर बाम गठबन्धन बनाउन सकिने भनेपछि काँग्रेस पछि हटेको हो ।

सत्तारूढ दलका शीर्ष नेतातहरुसहित बिहिबार विहान ११ बजेदेखि बसेको कार्यदलको बैठक सहमति नजिक पुगेर आजलाई सकिएको र भोलि थप छलफल गरी टुंगोमा पुग्‍ने स्रोतको भनाइ छ ।

आजको बैठकमा नेपाली काँग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिने लगभग सहमति भएको बुझिएको छ । यद्यपि यो अन्तिम भने होइन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय