करिब ९ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक
चितवन, १७ साउन । अवरुद्ध मुग्लिन-नारायणगढ सडक करिब ९ घण्टापछि सञ्चालनमा आएको छ ।
बिहिबार विहान साढे पाँच बजेदेखि अवरुद्ध बनेको सडक दिउँसो २ः३० बजेदेखि सञ्चालनमा आएको हो ।
अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो भने भरतपुर-२९ केराबारीमा लेदोसहितको पहिरो खसेको थियो ।
अन्य ठाउँको पहिरो हटाएपनि केराबारीको पहिरो हटाउन समय लागेको हो । सडक अवरुद्ध भएपछि गाडीहरुको लामो लाइन लागेको थियो ।
त्यसकारण सडकमा अहिले गाडीको चाप छ र लेन अनुशासन पालना गर्न आग्रह गरिएको छ ।