सात घण्टादेखि ठप्प नारायणगढ-मु्ग्लिन सडक खुल्न अझै समय लाग्‍ने

चितवन, १६ भदौ । अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड सात घण्टादेखि अवरुद्ध रहेको छ ।

भरतपुर महानगरपालिका–२९ केराबारीमा विहान साढे पाँच बजेदेखि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

पूर्ण रुपमा बन्द रहेको राजमार्ग खुलाउन अझै तीन घण्टासम्म लाग्‍न सक्‍ने बताइएको छ ।

वर्षा भइरहेकाले लेदोसहितको पहिरो झर्ने क्रम पनि नरोकिएका कारण सडक खुल्न समय लागेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय