हङकङलाई हराएसँगै भारत एसिया कपको ‘सुपर फोर’मा

काठमाडौं, १६ भदौ । भारत युएईमा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’मा प्रवेश गरेको छ । गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत अघिल्लो चरणमा प्रवेश गरेको हो ।

भारतले दिएको १९३ रनको चूनौतिपूर्ण लक्ष्य पछ्याएको हङकङले पूरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १५२ रन मात्र बनाउन सक्यो । बाबर हायातले सर्वाधिक ४१ रन बनाउँदा किन्चित साहले ३० रन बनाए ।

जीशान अली २६ रनमा अविजित रहे । भारतका भुवनेश्‍वर कुमार, अर्शदीप सिंह, रविन्द्र जडेजा र आवेश खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो । सुर्यकुमार यादव ६८ तथा विराट कोहली ५९ रनमा अविजित रहे ।

सुर्यकुमारले केवल २६ बलको सामना गरेका थिए । उनले अन्तिम ओभरमा चार छक्का प्रहार गर्दै भारतलाई विशाल योगफलमा पुर्‍याएका थिए । आयुष शुक्ला र मोहम्मद गजनफरले

जीतसँगै २ खेलमा ४ अंक जोडेको भारत समूह ‘ए’ बाट सुपर फोरमा प्रवेश गरेको छ । अब पाकिस्तान र हङकङबीचको विजेता टोली सुपर फोरमा जानेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय