नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन, १६ भदौ । लगातारको वर्षापछि पहिरो जाँदा चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
भरतपुर महानगरपालिका-२९, केराबारीमा लेदोसहितको पहिरो तथा इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
यस अहिले भारी वर्षा भइरहेकोले पहिरो पन्छाउन कठिन भइरहेको छ ।
वर्षा हुनेबित्तिकै केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।