कुलमान चुनावी मैदानमा आए स्वतन्त्रले सहयोग गर्ने

काठमाडौं, १६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उम्मेदवार भएमा आफू सघाउन तयार रहेको काठमाडौं क्षेत्र नम्बर-३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हरिशरण लामिछानेले बताएका छन् ।

उनले कुलमान वा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सो क्षेत्रमा उम्मेदवारी दिए पनि आफूले सहयोग गर्ने बताएका छन् । रवि लामिछाने उनको आफ्नै भाइ हुन । यद्यपि रविले कुन क्षेत्रबाट उम्मेदवार हुने भन्ने निर्णय गरिसकेका छैनन् ।

हरिशरण लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिसिङ चुनाव उठ्न लागेको भन्ने समाचार आएको र ती समाचार सही भए आफूले दाबी गरेको क्षेत्रमा त्याग गरी सहयोग गर्न तयार रहेको बताएका हुन् । घिसिङ उम्मेदवार बन्‍न सक्ने समाचार सबैभन्दा पहिले परेवान्युजले सार्वजनिक गरेको थियो ।

तर लामिछानेले यसमा शर्त राखेका छन् । त्यस्तो सहयोगका लागि कुलमानले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने लामिछानेको शर्त छ । उनले लेखेका छन्- ‘समाचार सही हो र काठमाडौं-३ बाट कुलमान घिसिङजी माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाईंलाई पूरा सहयोग मिल्छ, तर ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस् ।आखिर हामी दुबैले सरकारी सेवाबाट राजीनामा दिनै पर्छ । तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न म तयार छु’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...