नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन, १५ भदौ । लगातारको वर्षापछि पहिरो जाँदा चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
भरतपुर महानगरपालिका-२९, केराबारीमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
सडक सुचारु गराउने प्रयास भइरहेको बताइएको छ । सडक खुलाउन तीनदेखि चार घण्टा लाग्ने जनाइएको छ ।
यो ठाउँमा निरन्तर लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।