नेपाल र केन्याबीचको पाँचौं एवम् निर्णायक खेल आज
काठमाडौं, १४ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी-२०आई श्रृंखलाअन्तर्गत पाँचौं तथा अन्तिम खेल आज खेल्दै छ ।
श्रृंखला २-२ को बराबरीमा रहेकाले आजको खेल शृंखलाको निर्णायक पनि हुनेछ ।
पहिलो खेलमा नेपाल विजयी रहँदा दोस्रोमा पराजित भएको थियो ।
तेस्रो खेलमा १५७ रनको लक्ष्य पूरा गरेको नेपालले हिजो भएको चौथो खेलमा १०२ रनको लक्ष्य पूरा गर्न सकेन ।
नेपालको ब्याटिङमा निरन्तर समस्या देखिइरहेको छ । श्रृंखला जित्नका लागि नेपालले ब्याटिङमा सुधार गर्नु आवश्यक छ ।
यसै श्रृंखलाको बीचमै जारी भएको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएर १५औं स्थानमा झरेको छ ।
त्यसैले वरियता सुधार गर्न भएपनि अन्तिम खेल जित्नैपर्ने दबाब छ ।