केन्या १०१ रनमा अलआउट, सन्दीपको पाँच विकेट
काठमाडौं, १३ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको टी-२० श्रृंखलाअन्तर्गत चौथो खेल आज खेलिरहेको छ ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/1200-px100-px-QR-Teller.gif)
खेल जित्नका लागि नेपालले १०२ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनायो । लुकास ओलोचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० रनको योगदान दिए ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/Worldlink-Pubg-1200-x-100.gif)
नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा केवल ९ रन खर्चिएर ५ विकेट लिए । टी-२०आईमा पाँच विकेट पहिलोपटक लिएका हुन् । त्यसैगरी आदिल अन्सारीले २ विकेट लिए भने साहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ । खेल जितेमा नेपालले एक खेलअगावै श्रृंखलामा कब्जा गर्नेछ ।