बालेनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिऊँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ ।