नेपाल र केन्याबीचको चौथो टी-२०आई खेल आज

काठमाडौं, १३ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी-२०आई श्रृंखलाअन्तर्गत चौथो खेल आज खेल्दै छ ।

नाइरोबीस्थित जिमखाना मैदानमा खेल अपरान्ह पौने ४ बजेदेखि सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो भने दोस्रो खेलमा पराजित हुँदा तेस्रो खेल जितेको थियो ।

पाँच खेलको श्रृंखलामा नेपाल २-१ ले अघि छ र आजको खेल जित्दै श्रृंखलामाथि कब्जा गर्ने दाउमा हुनेछ ।

टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १५औं र केन्या ३०औं स्थानमा रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय