प्रेसिडेन्सी कलेजलाई उत्कृष्ट बिजनेस स्कुलको उपाधि

चितवन, १३ भदौ । चितवनको भरतपुरमा रहेको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बागमती प्रदेशस्तरीय उत्कृष्ट बिजनेस स्कुलको उपाधि पाएको छ ।

न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित ‘छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा भरतपुरको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उत्कृष्ट बिजनेस स्कुलको उपाधि हासिल गरेको हो।

उक्त कार्यक्रममा दुई हजारभन्दा बढी कलेजहरूको सहभागिता रहेको थियो । सबै कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेस स्कुलको स्थान हासिल गर्न सफल भएको प्रेसिडेन्सी कलेजका प्राचार्य शभ्भु क्षेत्रीले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसिडेन्सी कलेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बिबिए र एमबिएको अध्यापन गराउँदै आएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...