एकीकृत समाजवादीले काठमाडौं- ३ मा टुंग्यायो उम्मेदवार

काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न इच्छुक नेताहरू मध्येबाट ३ जनाको नाम टुंगो लगाएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी काठमाडौं-३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले यो निर्णय गरेको हो । कमिटिका संयोजक विमलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका सह-इन्चार्ज विश्वनाथ प्याकुरेललाई प्रतिनिधि सभामा र बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौ-३ का इन्चार्ज उद्वव खड्का र जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर-३ (क) का संयोजक दिलिपकुमार लामालाई प्रदेश सभाको लागि सिफारिस गरेको सो पार्टीका युवा नेता तथा गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष केदारनाथ सापकोटाले जानकारी दिए ।

सो पार्टीले लामालाई प्रदेश (क) र खड्कालाई (ख)मा उम्मेदवार बनाउने गरि सिफारिस गरेको सापकोटाले परेवान्युजलाई बताए ।

सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँड हुदा कसलाई कहाँ पर्ने भन्ने टुंगो लाग्‍न बाँकी भएपनि अहिले पार्टीभित्रबाट सिफारिस गर्ने प्रक्रिया चाहिँ सुरु भएको छ ।

सो पार्टीले काठमाडौंमा प्रतिनिधिसभा तर्फ ३ र प्रदेशसभामा ८ सिट दाबी गरिरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय