एसिया कप क्रिकेटमा पाकिस्तानमाथि भारतको जीत

काठमाडौं, १३ भदौ । युएईमा जारी एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । विराट कोहली र रविन्द्र जडेजाले समान ३५ रन बनाए भने हार्दिन पान्ड्या ३३ रनमा अविजित रहे । पाकिस्तानका मोहम्मद नवाजले ३ तथा नसीम साहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो । मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाउँदा इफ्तिकार अहमदले २८ रन बनाए । भारतका भुवनेश्‍वर कुमारले ४ विकेट लिँदा हार्दिक पान्ड्याले ३, अर्शदीप सिंहले २ तथा आवेश खानले १ विकेट लिएका थिए ।

जीतसँगै समूह ए मा रहेको भारतले २ अंक जोडेको छ  ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय