केन्यासँगको दोस्रो टी-२०आई खेलमा नेपाल पराजित

काठमाडौं, १० भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोली केन्यासँगको टी-२०आई श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पराजित भएको छ । शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १७ रनले हराएको हो ।

१३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालका आरिफ शेखले रनआउट हुनुअघि सर्वाधिक २५ रन बनाए भने आदिल अन्सारी र रोहित पौडेल समान २० रनमा आउट भए ।

केन्याका इमानुयल बुन्डी, लुकास ओलोच र भ्राज पटेलले २-२ विकेट लिँदा युजीन ओचीङ र नेमिया ओडियाम्बोले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । राकेप पटेलले ३५ रन बनाए भने नेमिया ओडियाम्बोले २९ रनको योगदान दिए ।

नेपालका दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

योसँगै पाँच खेलको श्रृंखला १-१ को बराबरीमा पुगेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय