केन्यासँगको दोस्रो खेल जित्न नेपाललाई १३३ रनको लक्ष्य
काठमाडौं, १० भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेल आज खेलिरहेको छ ।
खेल जित्नका लागि नेपालले १३३ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । राकेप पटेलले ३५ रन बनाए भने नेमिया ओडियाम्बोले २९ रनको योगदान दिए ।
नेपालका दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।