केन्याद्वारा नेपालसामू १३१ रनको विजयी लक्ष्य
काठमाडौं, ९ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेल आज खेलिरहेको छ । खेल जित्नका लागि नेपालले १३१ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो । इरफान करिमले ३४ रन बनाए भने लुकास ओलोचले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ३१ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ तथा आदिल आलम र दिपेन्द्रसिंह ऐरीले १ १ विकेट लिए ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।