केन्याविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं, ९ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेल आज खेल्दै छ ।

पहिलो खेलअन्तर्गत भर्खर सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै छ ।

टी२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १४औं र केन्या ३०औं स्थानमा रहेका छन् ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय