बालेनले शक्तिको दुरुपयोग गरेको उद्योग वाणिज्य संघको आरोप

काठमाडौं, ९ भदौ । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शक्तिको दुरुपयोग गरेको काठमाडौं उद्योग वाणिज्य संघले आरोप लगाएको छ ।

महानगरले अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।

केही दिनयता महानगर प्रमुख बालेन आफैं एक्सनमा उत्रिदैँ अवैध संरचना बनाइएका ठाउँमा डोजरसहित पुगिरहेका छन् ।

बिहिबार नयाँ बानेश्‍वरस्थित अल्फाबिटाको भवनमा पनि पुगेका बालेन र घरधनीबीच चर्काचर्की पनि परेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघले यस अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि जनाएको छ ।

भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनुपर्ने उनीहरुको माग छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय