विहानै किन बालुवाटार पुगे ओली ?
काठमाडौं ८ भदौ । निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच छलफल तीव्र बन्दै गएको छ । अहिले दलका कार्यालयमा पार्टी प्रवेशदेखि प्रधानमन्त्री कार्यालयमा भेटघाटमा समेत नेताहरू दौडधुपमा छन् ।

सत्ता गठबन्धन दलको बैठकस्थल बनेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहानै प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगे ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । उनले प्रधानमन्त्री कार्यालयमा आउने कुराको जानकारी पनि ढिलो मात्रै गराएका थिए । उनी आउने कुरा प्रधानमन्त्री निवासका सुरक्षा सन्यत्र र सचिवालयलाई ढिलो मात्रै थाहा भएको स्रोतको दाबी छ ।
‘सरकारले निर्वाचनको तयारी कसरी गर्दैछ ?’, ‘प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माणलगायत कतिपय दीर्घकालिन महत्वका निर्णयमा किन एकलौटी गरेको ?’ भन्दै एमाले अध्यक्षले प्रश्न गरेका थिए ।
सरकारले गरेको कतिपय काममा आफ्नो असहमति रहेको भन्दै अध्यक्ष ओलीले एमाले पार्टीको सल्लाह पनि सुन्नुपर्ने भनेको र प्रधानमन्त्रीले सबै प्रक्रियागत नै भएको र गलत केही नगरेको जवाफ दिएको स्रोतले बताएको छ ।