रविले पदाधिकारी नियुक्त गर्दै टीम बढाए, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं, ७ भदौ । तामझामका साथ घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीहरूको जिम्मेवारी बल्ल बाँडफाँड गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा सम्पन्‍न केन्द्रीय समितिको बैठकले पार्टीको पदाधिकारी गठन गरेको हो । सो पार्टीले केन्द्रीय सदस्यहरु डोलप्रसाद अर्याललाई उपसभापति, डा. मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ ।

त्यसैगरी बैठकले पार्टीको संगठन विभागमा पार्टी सदस्य शंकर श्रेष्ठलाई नियुक्त गरेको छ ।

पार्टी केन्द्रीय सदस्य गीता रेग्मीले राजीनामा दिएकाले रिक्त केन्द्रीय सदस्य पदमा सविना विकलाई नियुक्त गरेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय