सिकन्दरको शतकका बाबजुद जिम्बावे भारतसँग झिनो अन्तरले पराजित
काठमाडौं, ७ भदौ । जिम्बावे भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखला क्लिनस्वीप गरेको छ । सोमबार भएको खेलमा जिम्बावेलाई १३ रनले हराउँदै भारतले लगातार तेस्रो खेलमा जीत निकाल्दै श्रृंखला क्लिनस्वीप गरेको हो ।
२९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९३ ओभरमा २७६ रनमा समेटियो । सिकन्दर राजाले शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । उनले ११५ रन बनाए । त्यसैगरी सिन विलियम्सले ४५ रन बनाए ।
भारतका आवेश खानले ३ विकेट लिए भने दीपक चहर, कूलदीप यादव र अक्षर पटेलले २-२ विकेट हात पार्दा शार्दुल ठाकुरले १ विकेट निकाले ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो । शुभमन गिलले १३० रन बनाएका थिए भने इशान किशनले ५० र शिखर धवनले ४० रन बनाएका थिए ।
जिम्बावेका ब्राड्ली इभान्सले ५ विकेट लिएका थिए भने भिक्टर न्याउची र लुक जोङ्वेले १-१ विकेट लिए ।